सप्तरीको कञ्चनरुप नगरपालिकाकाे बैरवामा लाखौंको चोरी

मिति: २०२६-०१-०९ , समय : ०९:०९:२७ , ओम प्रकाश मण्डल

तस्बिर : ओम प्रकाश मण्डल / गामघर टिभि

ओम प्रकाश मण्डल

बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवाको खंग टोलमा लाखौंको चोरी भएको छ ।
स्थानीय रामसागर खंग(मंगला)काे घरबाट बिहिवार बेलुकी एक लाख नगद सहित घरमा रहेका सम्पुर्ण समान चोरी भएको पिडितले बताएका छन । खङ्गले आफ्नो छोरालाई बिदेश पठाउनको लागि नेरुडे लघुवित बित्तीय संस्था लिमिटेड बाट उठाएर ल्याएको नगद १ लाख सहित सुन ३ भरी, पायल १४ भरी , बलिया २४ भरी, करा ४४ भरी हात पंजा २० भरी सिक्री ४ भरी गरि झण्डै १० लाख भन्दा बढीको चोरी भएको पीडितले बताएको छ । यता चोरी कसले गरेको खुल्न नसकेपनि चाेरकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको ईलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-०९ , समय : ०९:०९:२७ , 7 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित