धर्मि हल्फा क्लवद्वारा स्वर्गीय महेन्द्र मरिकको परिवारलाई न्यानो कपडा सहित विभिन्न सामग्री सहयोग

मिति: २०२६-०१-०९ , समय : २०:५७:५९ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीमा क्रियाशिल धर्मीहल्फा महिला विकास क्लबद्वारा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.६ को .मधेपुराका स्वर्गीय महेन्द्र मरिकका परिवारलाई न्यानो कपडा सहित विभिन्न सामग्री सहयोग गरेको छ । २५ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा क्लबद्वारा शुक्रबार स्वर्गीय मरिककी पत्नि ललिता मरिकलाई न्यानो लुगा कपडा सहयोग गरेको हो ।
क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले ४ जनालाई फाइव्रार सिरक एक थान,म्याट्रेस , थाल ३, गिलास ३,स्वीटर, टाउजर,कुर्ता सुरुवल, पेन्ट लगायतका न्यानो कपडा पिडित परिवारलाई हस्तान्तरण गर्नु भयो ।
सुकुम्बासी जीवन विताईरहेका उहाँको पुस महिनाको चिसो सितलहरमा गत वुधवार राति ५३ बर्षको उमेरमा मृत्यु भएको थियो ।
गाउँ ,छरछिमेकबाट पैसा , दाउरा लगायतको सामग्री मागेर दाहसंस्कार गरिएको समाचार स्थानिय अनलाइन र पत्रीकामा प्रकाशित भएपछि मरीक परिवारलाई सहयोग गर्नु भएको इन्जिनियर यादवले बताउनु हुन्छ । यता सशस्त्र प्रहरीको स्थापना दिवसको अवसर पारेर जाडोको समयमा शीतलहरवाट वच्न क्रियामा वसेका जेष्ठ पुत्र देवेन र मरिक परिवारलाई न्यानो कपडा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
स्मरण रहाेस , क्लवका अध्यक्ष एवम् समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले बर्सेनि चिसाेकाे बेला चिसाे पिडित , बाढीकाे बेला बाढि पिडित र आगलागिकाे बेला अग्निपिडितहरुलाइ निस्वार्थ भावले सेवा गर्दै आउनु भएको छ ।

प्रकाशित मिति: २०२६-०१-०९ , समय : २०:५७:५९ , 6 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित