सप्तरीमा भव्यता पुर्वक मनाइयो जगन्नाथ रथयात्रा
मिति: २०२६-०१-११ , समय : ०९:१६:२० , गामघर डेस्क
मिति: २०२६-०१-११ , समय : ०९:१६:२० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
विगत वर्षदेखि सप्तरीको राजविराजमा जगन्नाथ रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार निकालिएको रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको आयोजकले जनाएको हो ।
रथयात्रा राजविराज नगरपालिका वडा नं. २ कञ्चनपुर सडकस्थित गुलाब ग्यारेज अगाडि महावीर चोकमा स्थानीयवासीहरूले रथयात्रीहरूलाई माला लगाएर स्वागत गर्नुको साथै रथायात्रीहरूलाई पानी तथा चियाको व्यवस्था गरिएको स्थानिय सुनिल साहले बताउनु भयो । 
युवा–युवती, वृद्ध–वृद्धा तथा बालबालिकाको उल्लेखनीय सहभागितामा ‘हरे राम, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ भजनको धुनमा नाचगान गर्दै नगर परिक्रमा गरिएको थियो ।
श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सुरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो । 
श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर, राजविराजको समन्वय, श्रीकृष्ण भक्त मण्डल तथा इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ गतेदेखि पुष २५ गतेसम्म श्रीमद्भागवत कथा सप्ताह ज्ञान महायज्ञ तथा पुष २६ गते शनिवार जगन्नाथ रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम आयोजना गरी महोत्सव मनाइएको थियो ।
सप्ताहव्यापी महोत्सवअन्तर्गत पुष १८ देखि पुष २५ गतेसम्म भारतको मथुराबाट आएका प्रख्यात कथावाचक रामानुज दासद्वारा कथा वाचन कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
यस्ता धार्मिक आयोजनाले धर्मप्रतिको आस्था अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव बढाउने र समाजमा देखिएका विकृति तथा विसङ्गति न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास स्थानिय सुभाष यादव बताउनुहुन्छ ।
प्रकाशित मिति: २०२६-०१-११ , समय : ०९:१६:२० , 5 days अगाडि