सप्तरीको राजविराजमा सन्चालित मैत्रीपूर्ण महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौ हातमा

मिति: २०२६-०१-१३ , समय : २२:०३:५४ , श्रीकान्त यादव

तस्बिर : गामघर टिभि / राजविराज

श्रीकान्त यादव

राजविराज ।
सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको सहकार्यमा राजविराजमा सम्पन्न मैत्रीपूर्ण महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौले जित हासिल गरेको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित पविमावि क्रिकेट खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरी महिला टिमले ३० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको छ । सप्तरीका लागि साक्षी देवले १७, आयुष्का थापाले १५ र जेनिषा मगरले ११ रन जोडिन् ।
काठमाण्डौले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै बिना विकेट गुमाई लक्ष्य पूरा ग¥यो र १० विकेटको फराकिलो जितसहित उपाधि हात पा¥यो। काठमाण्डौको जितमा सविका यादव र प्रथा श्रेष्ठले अविजित ८२ रनको साझेदारी गर्नु भयो । सविकाले अर्धशतकीय ६५ रन बनाउँदा प्रथाले १७ रन अविजित जोडिन् ।
बलिङतर्फ काठमाण्डौकी अनुषा रोकाले ४ विकेट लिइन् भने यसु पाण्डे, आयुष्मा रावल, सरिष्मा खनाल र एली यादवले समान १–१ विकेट लिएका थिए ।
सिरिजको प्लेयर अफ द सिरिज काठमाण्डौकी अनुषा रोका घोषित भइन्। बेस्ट बलर सप्तरीकी सुस्मिता यादव र बेस्ट ब्याटर काठमाण्डौकी सविका यादव घोषित भइन् ।
पुरस्कार वितरण कार्यक्रममा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, सदस्यहरू बिरेन्द्र यादव, संजय कार्की, गजेन्द्र माझी तथा समाजसेवी अभिलासा सिंहलगायतले कप, मेडल र शिल्ड वितरण गरेका थिए ।

प्रकाशित मिति: २०२६-०१-१३ , समय : २२:०३:५४ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित