बेवारिसे अवस्थामा झण्डै ५ सय ५४ किलो गाँजा बरामद
मिति: २०२६-०१-१५ , समय : १९:३९:५६ , गामघर डेस्क
मिति: २०२६-०१-१५ , समय : १९:३९:५६ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सुनसरी। कोशी प्रदेशको सुनसरीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको दुहबी नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमडुवाले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार पुस ३० गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनीस्थित बाँसको झ्याङमा लुकाइराखिएको ५ सय ५४ किलो गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजाको ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २०२६-०१-१५ , समय : १९:३९:५६ , 4 hours अगाडि