सप्तरीको बोदे बर्साईनमा माघी सांस्कृतिक महोत्सव

मिति: २०२६-०१-१५ , समय : २१:३७:०६ , गामघर डेस्क

तस्बिर : उमेश कुमार साह

गामघर डेस्क

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न.२ बैरिया नेगडा योगियास्थित श्री शत्रुधन माध्यमिक बिधालयको खेलमैदानमा माघी सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।बिहिवार आयोजित एक समारोहका बीच बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले महोत्सवको उद्घाटन गरेका हुन् ।

थारु सांस्कृतिक संरक्षक समिति बोदे बर्साईनको अध्यक्ष राधा चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा पुर्व डिए.सपी शंकर चौधरी , वडा अध्यक्ष राम प्रसाद राम , बैजनाथ चौधरी , स्थानीय नेता अमरेन्द्र कुमार यादव , मो दाउद , बब्लु , पत्रकार उमेश कुमार साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

जिल्ला अध्यक्षले आयोजना गरेको कार्यक्रममा स्वागत भने माघी महोत्सव मुल आयोजक समिती सप्तरीका संयोजक राधा चौधरीले गरे । महोत्सवमा थारु राष्ट्रिय कलाकारहरु ममता चौधरी, अनुका चौधरी, मनिस चौधरी, ओमप्रकाश सिंह, अन्जनी सिंह थारु लगायतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो महोत्सवमा थारु परिकार झल्काउने विभिन्न पकवान, थारु भेषभुषा लगायतका थारु मौलिक खानपीनको दर्जनौं पकवान राखिएको जनाइएको छ ।

प्रकाशित मिति: २०२६-०१-१५ , समय : २१:३७:०६ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित