सप्तरीको जण्डोल र बलानबिहुलमा प्रथम माघी महोत्सव सम्पन्न
मिति: २०२६-०१-१६ , समय : ०८:२४:५४ , गामघर डेस्क
मिति: २०२६-०१-१६ , समय : ०८:२४:५४ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोल र बलानविहुल गाउँपालिका १ स्थित सरस्वती बजारमा प्रथम माघी महोत्सव २०८२ एक समारोह विच सम्पन्न भएको छ । स्थानिय जण्डोल बजार र सरस्वती बजारमा माघ १ गते माघी महोत्सव बिहीवार विभिन्न कार्यक्रम विच सम्पन्न भएको हो ।
अग्नीसाइर कृष्णासवन गाउँपालिका वडा न.१ को आयोजना र सहआयोजना .प्रथम माघी महोत्सव २०८२ मुल आयोजक समितिका संयोजक पुष्पा चौधरीको अध्यक्षता तथा १ नम्बर वडाध्यक्ष सबजुल खलिफाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय थारु महिलाहरुले कलश यात्रा, झाकी प्रदर्शन, कमिक, पौराणिक गीत संगीत,थारु समुदायको ऐतिहासिक सितली बेगार नाटकमा थारु पहिरनमा सजिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । सो अवसरमा परम्परागत थारु पौराणिक गीत, नृत्य कालाकारहरुले आ आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । 
महोत्सवमा सामाजिक विकृति न्यूनीकरण गर्न संदेश दिने नाटक, पौराणिक गीत संगीत स्थानीय महिला कलाकारहरुले प्रस्तुत गर्नुका साथै थारु पौराणिक खाना घोगी,सितुवा,सिध्रा,तिल र भुजाको लडु,बगिया, तेलपाउ रोटी, माछामासु खानाको परिकारको स्टलहरु समेत राखिएको थियो । गाउँपालिका, स्थानीय प्रहरी, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय युवाहरू स्वयंसेवकले सुरक्षा प्रदान गरेको थियो । 
यसै विच जिल्लाको बलानविहुल गाउँपालिका १ स्थित सरस्वती बजारमा बिहिवार प्रथम माघी महोत्सव २०८२ मनाइएको छ । बलानविहुल गाउँपालिकाको सहयोग तथा थारु कल्याणकारिणी सभा बलानविहुल गाउँपालिकाको आयोजनामा साँस्कृतिक माघी महोत्सव मनाइएको हो ।
थारु कल्याणकारी सभा बलानविहुल गाउँपालिका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षता तथा बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा महोत्सव मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष यादवले पहिलो पटक माघी महोत्सव आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बलान बिहुल गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव, थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी, पत्रकार बृजमान तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । 
उक्त कार्यक्रममा ८३ बर्षीय अछमित लाल चौधरी, थारु गायक तथा कलाकार पन्नलाल चौधरी, हृदय नारायण चौधरी, गोपाल प्रसाद चौधरी, मायानन्द चौधरी, राम सिंह थारुलगायतका २ दर्जन राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । महोत्सवमा थारु पहिरनमा सजिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले परम्परागत थारु पौराणिक गीत, नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०२६-०१-१६ , समय : ०८:२४:५४ , 4 hours अगाडि