सप्तरीमा निर्वाचन प्रहरीमा ६ हजार ५ पुरुष र १ हजार ४ सय ३९ जना महिलाको आवेदन

मिति: २०२६-०१-१७ , समय : ०९:०५:२४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीमा निर्वाचन प्रहरीका लागि ६ हजार ५ पुरुष र १ हजार ४ सय ३९ जना महिलाको आवेदन दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी सुरक्षाका लागि ७ हजार ४ सय ४४ जनाले आवेदन दर्ता गराएको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन सम्ममा सप्तरीमा ४ हजार २ सय २२ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा बिहीबार साँझसम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताउनु भयो । आवेदन दिनेमा ६ हजार ५ पुरुष र १ हजार ४ सय ३९ जना महिला रहेको उहाँले जानकारी दिनु भयो ।
माघ ५ देखि ९ गतेसम्म छनोट, १२ गते अन्तिम नतिजा प्रकाशन र १५ गतेदेखि २४ गतेसम्म तालिम दिइने कार्यतालिका रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रियामा १८ वर्ष पूरा भइसकेका ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएको उहाँले जानकारी दिनु भयो ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहने उहाँले बताउनु भयो । उहाँहरुको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने जानकारी दिनु भयो ।
थप सेवा सुविधाअन्तर्गत प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक ३४ हजार सात सय ७६ रुपियाँ प्रदान गरिने छ । साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-१७ , समय : ०९:०५:२४ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित