राजविराजकाे नेपाल टेलिकममा आगलागी हुदा १३ लाखभन्दा बढीको क्षति

मिति: २०२६-०१-२७ , समय : २१:३०:४६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा न.७ स्थित नेपाल टेलिकममा बिद्युत् तार सर्ट भएर सोमबार राति आगलागी भएको छ । सो आगलागीमा साढे १३ लाख बराबरको टेलिकमसम्बन्धी सामग्री जलेर नष्ट भएको छ ।
नेपाली सेना बरख गण भालुवाहीका प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार आगलागीबाट सिम, कम्प्युटर, प्रिन्टर, टुलबक्स, टेलिकम तार, कुलर हेलोजिङ हिटर, स्टेसनरी सामान तथा अन्य सामानहरू जलेर नष्ट भएको छ । यी सामानहरू जलेर नष्ट हुँदा टेलिकमलाई १३ लाख ४७ हजारको क्षति भएको उहाँले बताउनुभयो ।
बरख गण भालुवाहि ब्यारेकका उपसेनानी कुलबहादुर महतको कमाण्डमा १ः१५ को नफ्री दमकलसहित पुगेको नेपाली सेनाका टोलीको सहयोगमा आगो नियन्त्रणमा लिएको बरख गण भालुवाहिले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-२७ , समय : २१:३०:४६ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित