सप्तरीमा झण्डै १० हजार पाँचसय हेक्टर जमीनमा सिंचाइ सेवा पुर्याउने उदेश्यले चन्द्र नहरको हस्तान्तरण

जापानी सहयोग संस्था नियोग (जेआइसिए) को दुई अरब पाँच करोड १० लाखको अनुदान सहयोगमा चन्द्रनहर प्रणालीको मुल नहरमा भत्केका ३२ स्थानमा सिंचाई संरचनाको पुनर्निमाण गर्ने

मिति: २०२६-०१-२८ , समय : २१:५४:४५ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
नेपाल जापान सहयोग ,पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुन स्थापना आयोजना , अन्तर्गत चन्द्र नहर सिंचाई प्रणाली पुन निर्माण सम्पन्न भएका सिंचाई संरचनाहरुको हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
सप्तरीमा १० हजार पाँचसय हेक्टर जमीनमा सिंचाइ सेवा पु¥याउने उद्देश्यले वि.स. १९८५ सालमा निर्माण गरिएको नेपालकै पहिलो चन्द्रनहर सिंचाई प्रणालीको जापान सरकारको सहयोगमा मरमर सम्भार तथा पुनस्र्थापना गरी नेपाल सरकारलाई एक समारोह विच हस्तान्तरण गरिएको हो । कोशी पम्प चन्द्रनहर सिंचाई ब्यवस्थापन कार्यालय राजविराजले सप्तकोशी नगरपालिका १० भगिनी मलेठमा बुधबार आयोजना गरेको “पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना हस्तान्तरण समारोह” मा जापानका राजदुत सिन्तो एसबारुले नेपाल सरकारका उर्जा, जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजातहरु हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राजदुत सिन्तो एसबारुले नेपालको विकासमा जापान सरकारले भविष्यमा समेत यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
चन्द्रनहर सिंचाई प्रणालीको मुल नहर २८ किलोमिटर लामो छ । विगत लामो समय देखि ठाउँ ठाउँमा जिर्ण हुँदा पुछारसम्मका किसानलाई सिंचाईमा समस्या हुने गरेको थियो ।
जापानी सहयोग संस्था नियोग (जेआइसिए) को दुई अरब पाँच करोड १० लाखको अनुदान सहयोगमा चन्द्रनहर प्रणालीको मुल नहरमा भत्केका ३२ स्थानमा सिंचाई संरचनाको पुनर्निमाण सम्पन्न भएपछि एक समारोहको आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदुत सिन्तो एसबारुले बताउनु भयो ।
उक्त सिचाई संरचना पुनर्निमाणका लागि नेपाल र जापान सरकारबीच सन २०२२ सेप्टेम्बर ११ मा अनुदान सहयोग समझौता भएको थियो । समझौतामा निर्माण अवधि ३१ जनवरी २०२६ तोकिएपनि जापान सरकार र निर्माण कम्पनी हाजामा आन्दो कर्पोरेशनको सक्रियतामा तीनदिन आगाबै निर्माण कार्य सम्पन्न गर्न सफल भएको परामर्शदाता एनटिसी इन्टरनेशनल कम्पनी लिमिटेडका प्रतिनिधि याकुरा मोसुले बताउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि उर्जा जलस्रोत एवं सिंचाई मन्त्रालयका सचिव सरिता दवाडीले पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना अन्तर्गत जापान सरकारले गरेको सहयोग सराहनिय रहेको भन्नुहुदै नेपालको पुर्वी तराई क्षेत्रका कृषि उत्पादन वृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताईन् ।
सिंचाई व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख बिरेन्द्र कुमार यादवले मुल नहरको स्तरोन्नतीले अव सिंचाईका लागि पर्याप्त पानी वितरण गर्न सहज भएको भन्नुहुदै मुल नहरपछि अव झण्डै सय बर्ष पुरानो र जिर्ण अवस्थामा पुगेको शाखा नहरहरुको पनि स्तरोन्नती कार्यमा जापान सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
जलस्रोत तथा उर्जा मन्त्रालयका सहसचिब सुशीलचन्द्र आचार्यको अध्यक्षतामा आयोजित हस्तान्तरण समारोहमा जलस्रोत तथा सिंचाई विभागका महानिर्दैशक मित्र बराल, लगायतले मुल नहरको जिर्ण संरचना पुनर्निमाणले यस क्षेत्रमा कृषि उत्पादन बढाउन, सिंचाई सुविधाको विस्तार गर्न तथा किसानको आयस्तर वृद्धिमा ठुलो मद्दत पु¥याउने भन्नुहुदै आयोजनामा सघाउने सबैप्रति धन्यवाद व्यक्त गर्नु भएका थिए ।

प्रकाशित मिति: २०२६-०१-२८ , समय : २१:५४:४५ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित