प्रेस सेन्टर नेपाल सप्तरीद्वारा दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण
मिति: २०२६-०१-२९ , समय : २०:४०:०३ , गामघर डेस्क
मिति: २०२६-०१-२९ , समय : २०:४०:०३ , गामघर डेस्क
तस्बिर : बिन्दु यादवकाे सहयोगमा
गामघर डेस्क
राजविराज ।
प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल सप्तरीले राजविराजमा बुधबार एक कार्यक्रमबीच शैक्षिक सामग्री वितरण गरेको छ।
प्रेस सेन्टर नेपाल सप्तरीका जिल्ला अध्यक्ष विन्दु कुमार यादवको अगुवाइमा आयोजित कार्यक्रममा पाँच दर्जन दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो। राजविराज नगरपालिका–९ स्थित यातायात कार्यालय नजिक बसोबास गर्ने दलित समुदायका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिए।
कार्यक्रममा प्रेस सेन्टर नेपालको प्रकाशन तथा प्रचार विभागका केन्द्रीय सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी देवराम प्रसाद यादवले प्रेस सेन्टर नेपाल २०६१ साल माघ १५ गते पूर्वी रुकुमको लाबाङमा स्थापना भएको स्मरण गराउँदै हाल यो संगठन नेपालको जनपक्षीय पत्रकारिताको अग्रणी र नेतृत्वदायी संस्थाका रूपमा स्थापित भएको बताए। 
सो अवसरमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस सेन्टर नेपाल सप्तरीका जिल्ला उपाध्यक्ष कमानन्द माझी, जिल्ला सचिव जितेन्द्र प्रसाद गुप्ता, स्थानीय प्रोफेसर चन्देश्वर यादवलगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२६-०१-२९ , समय : २०:४०:०३ , 1 month अगाडि