सप्तरीमा वेवारिसे बम बिष्पोट हुँदा चार जना बालक गम्भीर घाइते
मिति: २०२६-०२-०७ , समय : १७:४९:५७ , गामघर डेस्क
मिति: २०२६-०२-०७ , समय : १७:४९:५७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन् । वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो ।
दुधैला खोलामा बनभोज खान गएका स्थानीय बालकहरु बम विष्पोट हुदा छर्रा लागेर गम्भीर घाइते हुनेमा रुपनी गाउँपालिका ६ का साजन आले मगरको छोरा बर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा बर्ष ९ का प्राशिस थापा मगर,कर्ण बहादुर थापा मगरका छोरा बर्ष १६ का कविर थापा मगर र पदम बहादुर विकको छोरा बर्ष १३ का सुरज विक बम बिष्पोटमा परी घाइते भएका छन् ।
घाइते मध्ये साहाशको र प्राशिसको पैताला गम्भीर चोट लागेको तथा शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ भने कबिर र सुरजको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको राजविराज स्थित छिन्नामस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले बताउनु भयो । उहाँले वालकलाई भेटिएको शंकास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनु भयो । ‘वनभोज खान गएका बालकले ती रकेट जस्तो देखिने खेलौना भेटाएको र सो खेलौना नै विस्फोट भएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो । उहाले धाइते बालकहरुको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०२-०७ , समय : १७:४९:५७ , 12 hours अगाडि