निर्वाचन सुरक्षामा सेना सक्रिय: सप्तरी कारागारमा सैनिक खटिए

मिति: २०२६-०२-१२ , समय : २२:३३:२५ , नविन यादव

तस्बिर : नविन यादव / गामघर टिभि

नविन यादव

राजविराज । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले बिहीबारदेखि निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाली सेना परिचालन गरिएको छ।
सप्तरी जिल्लास्थित श्री बरख गणको नेतृत्वमा राजविराज नगरपालिका–६ मा रहेको जिल्ला कारागार सप्तरीमा नेपाली सेना खटाइएको हो। सम्भावित जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पु¥याउने मुख्य जिम्मेवारीसहित सेना परिचालन गरिएको जनाइएको छ।
सह–सेनानी अधिकृतको कमाण्डमा सैनिकको टोली जिल्ला कारागारमा सक्रिय रूपमा तैनाथ गरिएको छ। निर्वाचनका क्रममा संवेदनशील क्षेत्रको सुरक्षा सुदृढ बनाउने तथा आवश्यक समन्वयमार्फत उच्च सतर्कता अपनाउने कार्य सेनाले गर्ने बताइएको छ।
जिल्ला कारागारका निमित्त प्रमुख सुशील कर्णका अनुसार प्रत्येक निर्वाचनमा केन्द्रको परिपत्रअनुसार शान्ति–सुरक्षा कायम राख्न नेपाली सेना परिचालन गर्ने प्रचलन रहेको छ। उनले निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सेना फिर्ता हुने जानकारी दिएका छन्।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा निकायहरूबीच समन्वयात्मक रूपमा कार्य भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति: २०२६-०२-१२ , समय : २२:३३:२५ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित