सप्तरीको राजविराज स्थित कल्टु दास पोखरीमा डुवेर एक युवकको मृत्यु

मिति: २०२६-०३-१० , समय : २१:२०:५६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.३ स्थित कल्टु दास पोखरीमा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा न. ४ निवासी २५ वर्षीय गजेन्द्र दासको पोखरीमा डुबेर मृत्यु भएको हो ।
माछा मार्न गएका दासको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएका छन् । बिहान ७ बजे माछा मार्न पोखरीमा पसेका दासको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।
पोखरीमा युवक डुबेको खबर पाएलगत्तै पुगेको नेपाल प्रहरीको गोताखोर टोली, नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरीको टोलीले करिब चार घण्टाको प्रयासपछि शव बाहिर निकालेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो । यता सुरक्षाकर्मीको टोलीले खोजी गर्दा मृत अवस्थामा शव फेला पारेको उहाँले बताउनु भयो ।
मृतक दासको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनु भयो । दुई पटक माछा मारेर बाहिर निस्किएका दास तेस्रो पटक पुनः पोखरीमा पस्दा डुबेर बेपत्ता भएको स्थानीयले बताउँछन ।

प्रकाशित मिति: २०२६-०३-१० , समय : २१:२०:५६ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित