सप्तरीमा एक महिनामा ११ जनाको मृत्यु , ५३ जना घाइते

मिति: २०२६-०३-१८ , समय : ०२:३५:५४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा एक महिनामा विभिन्न घट्नामा परी ११ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको अवसरमा प्रहरीले एक महिनामा ११ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएको हो ।
गत माधमा जिल्लामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कुल १७ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । यी अवधीमा २० वटा सबारीसाधन दुर्घटनामा परेको छ ।
अधिकांस मानिसमा ट्राफिक लेन अनुशासनको कमी, अधिकांस सवारी साधनहरु निर्धारित गतिभन्दा ओभर स्पीडमा कुदाउनु र पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा रहेकाले दुर्घटना भएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनु भयो ।
एक महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने २७० सवारीलाई कार्वाही गर्दा रु दुई लाख ५६ हजार जरिवाना संकलन भएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिनु भयो ।
एक महिनामा करेन्ट लागेर एक जनाको, पानीमा डुबेर तीन जनाको र अन्य घट्नामा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर चार जना, जनावरको आक्रमणबाट दुई जना र अन्य घट्नामा २६ जना घाइते भएका छन् ।
एक महिनाको अवधीमा जिल्लामा सात जनाले आत्महत्या गरेका छन् । बिष खाएर दुई पुरुषले तथा झुण्डिएर एक पुरुष र चार जना महिलाले आत्महत्या गरेको तथ्यांक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०३-१८ , समय : ०२:३५:५४ , 4 hours अगाडि