सप्तरी प्रहरीद्वारा ९ फरार प्रतिवादी पक्राउ
मिति: २०२६-०३-२० , समय : ०६:१२:५२ , गामघर डेस्क
मिति: २०२६-०३-२० , समय : ०६:१२:५२ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ गरि बिहिवार सप्तरी जिल्ला अदालत दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा सो उल्लेख गराएको हो ।
सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक पुरीद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका प्रतिवादीहरुलाई बिहीवार सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको तथा उहाँहरुबाट ९५ हजार जरिवाना समेत असुली गरेको उल्लेख छ ।
प्रहरी नायव उपरीक्षक पुरीका अनुसार पक्राउ पर्नेमा रुपनी गाउँपालिका २ का उपेन्द्र शर्मा, विनोद कुमार शर्मा,ओकिल शर्मा,जितेन्द्र प्रसाद यादव,सुरेन्द्र प्रसाद बुधनगरिया,रामकृष्ण सिलपिलिया यादव,नितेश सिलपिलिया यादव र लोकेन्द्र प्रसाद यादव र अग्नी सायर कृष्णासवरण गाउँपालिका २ परिवर्तित नाम कञ्चनपुर ८६ का जवरजस्ती करनी मुदामा १ वर्ष ६ महिना कैद तथा १५ हजार रहेका छन् ।
सप्तरी जिल्ला अदालत राजविराजबाट कुटपिट मुद्दामा दोषी ठहर भएका उहाँहरुबाट जनही १० हजारको दरले जरिवाना र जवरजस्ती करनी मुदामा १५ हजार समेत गरी ९५ हजार असुल गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



प्रकाशित मिति: २०२६-०३-२० , समय : ०६:१२:५२ , 5 hours अगाडि