सप्तरीको राजविराज नगरपालिकाले अतिक्रमण सडकलाई डोजर लगाएर भत्काउदै

मिति: २०२६-०३-२५ , समय : ०९:४६:०६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सडक मापदण्डका परेका जग्गामा अतिक्रमण गरिएका संरचनाहरु मंगलवारदेखी राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो ।
तर संचरना हटाउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बीच सडको ९/९ मिटर दायाँ र बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।
उक्त सडक स्तरोन्नती र सौन्दर्यकरण कार्यको सडक डिभीजन कार्यालय लहानबाट टेण्डर भई निर्माण कार्य सूरु गर्नु पर्नेमा साईट क्लियरेन्स नहुदाँ समस्या उत्पन्न भएको उहाँको भनाई थियो ।
यसरी डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनीति नगर्न तथा विकासका काममा राजनीतिक स्वार्थ भन्दा माथी उठेर सबैलाई सहयोग गर्न आग्रह गरेकी थिइन । उहाँले सडक चौडा र सौन्दर्यकरण कार्य सकिएपछि १०/२० जनाले मात्र होइन सिंगो नगरवासी नै लाभान्वित हुने बताइन् ।

प्रकाशित मिति: २०२६-०३-२५ , समय : ०९:४६:०६ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्