सप्तरीमा बालविवाह सहित विभिन्न मुदाका तीन जना पक्राउ

मिति: २०२६-०४-०७ , समय : ०८:२६:०६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीन जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । बालविवाह कसुरमा २ जना र चोरी आरोपमा १ जना गरि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालविवाह कसुरमा १४ बर्षिय र १६ बर्षीय बालक सप्तरीको राजविराज नगरपालिका वडा न.६ बाट पक्राउ परेको प्रहरीले जनाएको छ । यसैगरी खडक नपा २ का बर्ष १८ मो. बरकत चोरीको आरोपमा पक्राउ गरेका छन् । राजविराज ७ का खेलेश्व् गुलेर यादवको गोजीमा हातहाली चोर्ने प्रयास गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उहाँहरुमाथि बालविवाह र चोरी उधोग कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सोमवार पाँच दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०४-०७ , समय : ०८:२६:०६ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित