सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ
मिति: २०२६-०४-१० , समय : १९:५२:५२ , गामघर डेस्क
मिति: २०२६-०४-१० , समय : १९:५२:५२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार एक प्रेस विज्ञप्तिजारी गर्दै मानव बेचविखन तथा ओसारपसार, चोरी र ज्यान मार्ने उधोग मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाएको हो ।
यसरी पक्राउ पर्नेमा मानव बेचविखन तथा ओसारपसार आरोपमा
सप्तरीको बोदेबर्साइन नगरपालिका ८ का शिव कुमार साह, चोरी आरोपमा राजविराज ४ माछा हटिया का गणेश कुमार साह र ज्यान मार्ने उधोग मुद्दाका आरोपित तिलाठी कोइलाडी गाउँपालिका ८ का विजली भन्ने अरुण कुमार देव रहेको जनाइएको छ ।
साहले मोटरसाइकलमा राखेर स्थानीय दुईजनालाई बेचविखन गर्न भारततर्फ लगेको आरोप छ । गणेशले छिमेकीको घर तथा दराजको ताला फोडेर सूनको गहना चोरी गरेको आरोप लागेको छ । यसैगरी अरुणले घरेलु हातहतियारसहित छिमेकीलाई साँघातिक आक्रमण गरेको आरोप छ ।
शिव कुमारमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँचदिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । गणेशलाई चोरी तथा अरुणलाई ज्यान मार्ने उधोग कसुरमा सप्तरी जिल्ला अदालत राजविराजबाट दिन ७ को म्याद लिई अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २०२६-०४-१० , समय : १९:५२:५२ , 4 hours अगाडि