पेट्रोलियम पदार्थको मुल्य वृद्धिले सर्वसाधारण मर्कामा : दैनिक उपभोग्य सामाग्रीमा समेत महंगी
ठूलो आशा र भरोसासहित झण्डै दुईतिहाईको बहुमतको बालेन्द्र नेतृत्वको सरकार जनताको समस्याप्रति उदासीन देखिएको सर्वसाधारणले गुनासो
मिति: २०२६-०४-११ , समय : ०७:५५:०४ ,
गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरी लगायत मुलुक भरी पेट्रोलियम पदार्थको मुल्य वृद्धिसंगै दैनिक उपभोग्य सामाग्रीमा महंगी उच्च भएपछि सर्वसाधारण मर्कामा परेको छ। नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि दैनिक उपभोग्य सामाग्रीमा महंगी बढेको हो ।
मुलुक भरी महंगीले आम सर्वसाधारणमा उकुसमुकुस हुँदा समेत मुलुक भरी बालेन्द्र नेतृत्वको सरकार भने बेखबर जस्तै देखिएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको प्रभावले जनताको ढाड सेकिदा समेत बालेन्द्र नेतृत्वको सरकार भने मौन बसेको स्थानिय उपभोक्ताको आरोप छन् । ठूलो आशा र भरोसासहित झण्डै दुईतिहाईको बहुमतको बालेन्द्र नेतृत्वको सरकार जनताको समस्याप्रति उदासीन देखिएको सर्वसाधारणले गुनासो गरेका छन् ।
निगमले बिहीवार पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा भारी मात्रामा मुल्य वृद्धि गरेको छ । 
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार पेट्रोलमा प्रति लिटर १५ र डिजल/मट्टीतेलमा प्रति लिटर २५ को दरले मुल्य वृद्धि गरेको छ । मुल्य वृद्धिसंगै एक महिना अगाडि प्रति लिटर १ सय ५९ रुपैया ५० पैसामा पाइने पेट्रोलको मुल्य २ सय १७ रुपैयाँ पुगेको छ भने प्रति लिटर १ सय ४९ रुपैयाँमा पाइने डिजल ÷ मट्टीतेल प्रति लिटर २ सय ७ पुगेको छ ।
यसैगरी निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १ सयले वृद्धि गरि २ हजार १० पुर्याएको छ । यसअघि एलपी ग्यास प्रती सिलिन्डर १ हजार ९ सय १० रुपैयाँ थियो । निगमले हवाइ इन्धनमा प्रति ६ ले वृद्धि गरेको जनाएको छ । 
पेट्रोलियम पदार्थमा भएको भारी मुल्य वृद्धिको प्रभावले यातायातका साधनमा २५ देखि ३० प्रतिशत भाडा बढेको छ भने भौतिक पूर्वाधार निर्माण सामाग्रीलगायत नुन देखि सुुन सम्मको भाउ अकाशियको छ ।
अन्तर्राष्ट्रिय मुल्य वृद्धिलाई आधार मानी पेट्रोलमा प्रति लिटर १५ र डिजल मट्टीतेलमा प्रति लिटर २५ रुपैयाँ मुल्य वृद्धि गरेको निगमले एक महिना भित्र पेट्रोल तथा डिजल/मट्टीतेलमा ४ पटक मुल्य समायोजनको नयाँ दर विहिबार राति देखि लागू हुने गरी जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि हालसम्मको उच्च रहेको हो । 
पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी खपतमा मितव्ययिता कायम गर्न आग्रह गर्दै निगमले मुल्य वृद्धिले उपभोक्तामा पर्न गएको असजिलो प्रति क्षमायचना गरेका छन् ।
पेट्रोलियम पदार्थ प्रयोगमा कमी ल्याउन बैकल्पिक उपाय अपनाउन आग्रह गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा मुल्य कम हुनसाथ नेपालमा समेत घटाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
देशमा व्याप्त रहेको कुशासन अन्त्य गरि महंगी,गरिवी, बेरोजगारी समस्या न्यूनीकरण हुने आशा र भरोसाका साथ मताधिकार प्रयोग गरेका जनतामा पेट्रोलियम पदार्थमा भएको ठूलो मात्रामा मूल्य वृद्धिले निराशा ल्याएको स्वयम मतदाताहरुले नै बताउन थालेका छन् । नयाँ जनादेश संगै प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन) नेतृत्व नयाँ सरकार गठन भएको दुईसाता भित्र अशोभनीय पेट्रोलियम पदार्थको मुल्य वृद्धिले आक्रन्त तुल्याएको उपभोक्ताहरुको गुनासो छ । 
बालेन्द्र नेतृत्वको नयाँ सरकार गठनको १५ दिन नपुग्दै पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य वृद्धिले आम जनताले अभाव र महंगीको सामाना गर्नु परेको उपभोक्ताहरु बताउछन् ।
यता निगमले एक महिनादेखि मध्य पूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मुल्य वृद्धिलाई समायोजन गर्न पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नु परेको स्पष्ट पारेका छन् । निगमले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा हुने घाटालाई पूर्ति गर्न मुल्य वृद्धि गरेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०४-११ , समय : ०७:५५:०४ , 3 hours अगाडि