कोशी प्रदेश : उदयपुरमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
मिति: २०२६-०४-१३ , समय : ०७:३३:०८ , गामघर डेस्क
मिति: २०२६-०४-१३ , समय : ०७:३३:०८ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
उदयपुर । कोशी प्रदेशको उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित २ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: २०२६-०४-१३ , समय : ०७:३३:०८ , 5 hours अगाडि