सप्तरीमा संचारकर्मी तथा ज्येष्ठ नागरिक सहित दर्जनौं विशिष्ट व्यक्तिहरु सम्मानित
मिति: २०२६-०४-१८ , समय : ०७:३२:३० , गामघर डेस्क
मिति: २०२६-०४-१८ , समय : ०७:३२:३० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीमा दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । महगु लेखी बृद्वाश्रमद्वारा शुक्रबार एक समारोहका वीच विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु सम्मानित भएका हुन् ।
महँगु लेखी बृद्धाश्रमका संरक्षक एवम् मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षता तथा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको प्रमुख आतिथ्यमा प्रजातान्त्रिक आन्दोलनका योद्धा, संचारकर्मी तथा ज्येष्ठ नागरिक गरि तीन दर्जन भन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, दिवाकर देवकोटा,मुरारी कार्की,रविन्द्र चौधरी,रमेश कार्की,दिनेश्वर प्रसाद चौधरी,प्रदीप गुप्ता, उपेन्द्र चौधरी,देव नारायण श्रेष्ठ,रामदेव चौधरी, उपेन्द्र कुमार झा रहेका छन् । 
यसैगरी आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गा, प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा, पत्रकार वृजमान तामाङ, सम्पादकहरु श्रावण देव, भोला पासवान,राज कुमार पासवान, खगेन्द्र कार्की,अनिल पोखरेल,उत्सव आचार्य,विपी कोइराला, मनु पासवान सम्मानित भएका छन् । कार्यक्रममा ८० बर्ष नाघेका एक दर्जन बढी जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।
उहाँहरुलाई प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामआशिष यादवले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बहुदलीय व्यवस्था र प्रजातन्त्रका लागि निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धको आन्दोलनमा सहभागी भई जेलनेल र हिरासतमा यातना भोगेका सप्तरी –१ का प्रजातान्त्रिक योद्धाहरु, सञ्चारकर्मीहरु र ज्येष्ठ नागरिकहरुले देश र जनताको लागि पु¥याएको योगदानको उच्च मुल्यांकन गरि सम्मान गरिएको आश्रमका संरक्षक पूर्वमन्त्री लेखीले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख यादवले सामाजिक रुपान्तरणको प्रमुख आधार शिक्षा रहेको बताउँनुहुदै बालबालिकाहरुलाई उचित शिक्षा र संस्कार दिनुपर्नेमा जोड दिनु भयो । जुन समाज अशिक्षित हुन्छ त्यो समुदायमाथि अरुले शासन गरिरहने बताउदै उहाँले आफ्ना सन्तानलाई असल मान्छे बनाउन पिठ्युँमा बोरा नभएर झोला बोकाएर विद्यालय पठाउनु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रप्रति समर्पित योद्धाहरुलाई सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन भावी पुस्तालाई सकारात्मक संदेश प्रवाह गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य अनिरुध्द प्रसाद सिंह, राजेन्द्रप्रसाद चौधरी, आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रजातान्त्रिक योद्धाहरु रविन्द्र चौधरी,रमेश कार्कीले डिजिटल युगका युवापुस्ताहरुले निरङ्कुश शासनको अत्याचार विरुद्धको संघर्षलाई नबुझेकाले अहिलेको नतिजा आएको बताउनु भयो ।
कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गा, प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, भोला पासवानले बालेन्द्र सरकारले मिडियामाथि गरेको हस्तक्षेप लोकतन्त्रमाथिको ठाडो प्रहार भएको टिप्पणी गर्नु भयो ।
आश्रमको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२६-०४-१८ , समय : ०७:३२:३० , 4 hours अगाडि