सप्तरीका पत्रकार तथा मानवअधिकारकर्मी नविन यादव सम्मानित

मिति: २०२६-०४-१९ , समय : २०:१८:१७ , गामघर डेस्क

तस्बिर : नवीन यादव / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिका स्थित पोलिटेक्निक सभा हल मा आयोजित कार्यक्रममा पत्रकार तथा मानवअधिकारकर्मी नविन यादवलाई सम्मान–प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ।
नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (NEAN) सप्तरी जिल्ला समितिको आयोजनामा नव वर्ष २०८३ को अवसरमा सम्पन्न शुभकामना आदान–प्रदान तथा परिचयात्मक कार्यक्रमका क्रममा उहाँलाई गम्छा ओढाएर सम्मान गरिएको हो।
प्रमाणपत्रमा नव वर्ष २०८३ को सुखद उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँको गरिमामय उपस्थितिप्रति हार्दिक आभार व्यक्त गर्दै उत्प्रेरणाको उच्च मूल्यांकनका साथ सम्मान अर्पण गरिएको उल्लेख गरिएको छ।
उक्त कार्यक्रम इन्जिनियर अशोक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा इन्जिनियर प्रमोद यादव रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा मधेश प्रदेश उपाध्यक्ष तथा पुनर्गठन समितिका संयोजक इन्जिनियर सुशील देव तथा इन्जिनियर राधाकृष्ण साहको उपस्थिति रहेको थियो।
उक्त सम्मान–प्रमाणपत्र अशोक कुमार मण्डल (जिल्ला अध्यक्ष) र प्रीतेश कुमार यादव (जिल्ला सचिव) को हस्ताक्षरमा जारी गरिएको हो।

प्रकाशित मिति: २०२६-०४-१९ , समय : २०:१८:१७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्