सप्तरीमा भन्सार नीति बिरुद्ध जनअधिकार पार्टीका अध्यक्ष डा.सरदसिंह यादवको अगुवाईमा धर्ना

सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक उक्त धर्ना दिइएको हो ।

मिति: २०२६-०४-२२ , समय : २१:५४:३४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालय नजिकै भन्सार नीति बिरुद्ध जनअधिकार पार्टीको अगुवाईमा बुधबार विरोध प्रदर्शनसहित धर्ना दिइएको छ ।
जनअधिकार पार्टीका अध्यक्ष डा.सरदसिंह यादवको अगुवाईमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक उक्त धर्ना दिइएको हो ।
राजविराज भन्सार कार्यालय नजिकै प्रदर्शन पश्चात दिउँसो १ बजे देखि २ बजेसम्म एक घण्टे सांकेतिक धर्ना कार्यक्रममा सो पार्टीका नेता कार्यकर्ता संगै स्थानियवासीको समेत सहभागिता रहेको थियो ।
उहाँहरुले एकसय भन्दा बढीको सामान ल्याउँदा लाग्ने भन्सार शुल्कको व्यवस्था खारेज गर्नुपर्ने, भारतबाट मलखाध ल्याउन किसानलाई अनुमति कार्डको व्यवस्था गरिनुपर्ने, विपन्न परिवारलाई घर परिवार चलाउन आवश्यक पर्ने सामान ल्याउन अनुमति कार्ड उपलब्ध गराउनुपर्ने तथा नेपाल–भारतको सदियौं देखि रहि आएको रोटी बेटी सम्बन्धलाई सम्मान गरिनुपर्ने लगायतका चार बुदे माग अघि सारेर धर्नामा बसेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ निवासी देवनारायण यादवले सरकारको भन्सार सम्बन्धि नयाँ नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग गर्नु भयो ।
नयाँ भन्सार नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै स्थानियले यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०२६-०४-२२ , समय : २१:५४:३४ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित