सप्तरीमा आगलागी हुदाँ ६ परिवारको १३ घर जलेर ३० लाख भन्दा बढीको क्षती

मिति: २०२६-०५-१० , समय : ०६:३३:३८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका वडा न. ६ बभनगामा शनिबार आगलागी हुँदा ६ परिवारको १३ घर जलेर नष्ट भएको छ । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको हो । एक्कसी गोठबाट सल्केको आगोले रामअवतारको २ घर १ गोठ,जुगाई यादवको २ घर १ गोठ,अनिल यादव ( गिरिजा ) को २ घर १ गोठ, योगिन्द्र यादवको १, राज कुमार यादवको १ र धिरेन्द्र यादवको १ घर गरि १० घर र ३ वटा गोठ जलेर पूर्ण रुपले क्षति भएको स्थानीय रामनाथ यादवले बताउनु भयो ।
हनुमाननगर कंकालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरीहरु र स्थानीयबासीको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर लगायतका गरी,नगदसहित ३० लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीको क्षतिको विवरण संकलन भइरहेको तथा घटना बारे थप अनुसन्धान भइ रहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहर िनायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०५-१० , समय : ०६:३३:३८ , 5 hours अगाडि