सप्तरीमा बेपत्ता भएकी अनिता देवीकाे शव कोशी नदी किनारमा फेला

मिति: २०२६-०५-१३ , समय : २३:१७:३७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला निवासी विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव बुधबार फेला परेको हो ।
गत बुधबार रातिदेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित ‘नौ किलोमिटर’ भन्ने स्थानमा कोशी नदी किनारमा भेटिएको सप्तरी प्रहरीले जनाएको छ । शव सडेको तथा शङ्कास्पद अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता प्रहर िनायव उपरीक्षक डम्बरबहादुर पुरीले बताउनु भयो ।
उहाँले मृतक महिलाको हातखुट्टा डोरीले बाँधिएको अवस्थामा शव फेला परेको बताउनु भयो । प्रारम्भिक अनुसन्धानका क्रममा उहाँलाई ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरी नायव उपरीक्षक पुरीले बताउनु भयो ।
मृतकका परिवारजनका अनुसार बुधबार राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी ५–६ जनाको समूहले अनिता देवीलाई घरबाटै जबरजस्ती अपहरण गरी लगेका थिए। घटनापछि घरको आँगनमा रगतका छिटा समेत देखिएकाले सोही राति नै उनीमाथि साङ्घातिक आक्रमण भएको आशङ्का गरिएको थियो ।
परिवारले तत्काल प्रहरीलाई जानकारी गराए पनि खोजतलासका क्रममा आइतबार मात्र उनको शव क्षतविक्षत अवस्थामा फेला परेको हो । यता साे घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०५-१३ , समय : २३:१७:३७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित