सप्तरीको महादेवा गाउँपालिकामा अध्ययनरत छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण

मिति: २०२६-०५-१७ , समय : २१:४४:४५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको महादेवा गाउँपालिकाका अध्ययनरत छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा ७ देखि १२ सम्म अध्ययनरत असहाय,गरिव, दलित तथा विपन्न परिवारका ७९ जना छात्राहरुलाई आईतबार शैक्षिक सामाग्री सहित साइकल वितरण गरिएको हो ।
हाम्रो समाज नेपाल केन्द्रिय कार्यालय महादेवा गाउँपालिका ५ भगवतपुरले नेपाल भिलेज फाउण्डेशन युकेको सहयोगमा ‘बालिका शिक्षा परियोजना’ अन्तर्गत कक्षा ७ देखि १० सम्ममा नयाँ भर्ना भएका २१ जना छात्रालाई साइकल सहित शैक्षिक सामग्री र ५८ जना छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराईएको नेपाल भिलेज फाउण्डेशनका निर्देशक कृतनारायण शर्माले बताउनु भयो ।
उहाँले असहाय, गरिव, दलित र विपन्न परिवारका छात्राहरुलाई बर्ष दिन नै पुग्ने गरी कपी, डटपेन, पेन्सिल, क्यालकुलेटर, जोमेट्री बक्स, स्कूल व्याग र छाता सहितको सामग्री उपलब्ध गराईएको बताउनु भयो ।
महादेवा गाउँपालिकाको सबै वडाबाट असहाय,गरिव, दलित र विपन्न परिवारका बालिकालाई छनौट गरी छोरीलाई शिक्षामा अगाडी बढाउन प्रत्येक बर्ष यसरी नै साइकल तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको नेपाल भिलेज फाउण्डेशनका निर्देशक शर्माले बताउनु भयो ।
संस्थाका अध्यक्ष शिवानी कुमारी शर्माको अध्यक्षतामा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा संस्थापक वैद्यनाथ यादव सहितका अतिथिहरुले छात्राहरुलाई साइकल सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
बि.स. २०६७ साल देखि बालिकाहरुलाई उच्च शिक्षा हासिल गर्नमा सहयो गर्दै आएको हाम्रो समाज नेपालले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै विपद्का बेला पनि अग्निपीडित र बाढी पीडितलाई सहयोग गर्दै आएको संस्थापक बैद्यनाथ यादवले बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०५-१७ , समय : २१:४४:४५ , 14 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित