सप्तरीमा छिमेकीसँग बाटोको विवाद : पति विदेश गएको तीन महिनामै पत्नी अनिताको हत्या
मिति: २०२६-०५-२३ , समय : १७:५०:१८ , गामघर डेस्क
मिति: २०२६-०५-२३ , समय : १७:५०:१८ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजबिराज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.५ बनरझुलामा बाटोको विवादले भयावह रूप लिँदा ३६ वर्षीया अनितादेवी रायको निर्मम हत्या भएको छ।

घरमा एक्लै रहेकी अनितालाई बेपत्ता पारेर हातखुट्टा बाँधिएको अवस्थामा कोशी नदीमा शव फालिएको अवस्थामा फेला परेको हो। वैदेशिक रोजगारीका लागि कतार गएका श्रीमान् वीरेन्द्र राय फर्किन नपाउँदै भएको घटनाले परिवार शोकमा डुबेको छ भने १२ वर्षीया छोरी काजलकुमारी गहिरो मानसिक आघातमा छिन्। घटनामा संलग्न आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
अनिता गत बुधबार रातिदेखि घरबाट सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा विवाह कार्यक्रम रहेकाले अधिकांश स्थानीय जन्तीमा सहभागी भएको परिवारले जनाएको छ । घटनाको समयमा उनी घरमा एक्लै रहेको बताइएको छ ।

प्रहरीले उनको घरको आँगनमा रगतसमेत फेला परेको जानकारी दिएको छ । यता घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक अनिताका दुई छोरी रहेका छन् । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षकी रहेको बताइएको छ ।
प्रकाशित मिति: २०२६-०५-२३ , समय : १७:५०:१८ , 3 hours अगाडि