अनलाइनमार्फत करोडौँ ठगीको आरोपमा नाै चिनियाँसहित १८ पक्राउ

मिति: २०२३-०३-२९ , समय : १७:२७:१५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
अनलाइनमार्फत करोडौँ ठगी गरेकाे आरोपमा नौ चिनियाँ नागरिकसहित १८ जना पक्राउ परेका छन्।

उनीहरूविरुद्ध अनलाइनमार्फत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ह्वास एप, टेलिग्राम र अपरेसन टिचर नामक च्यानलकाे प्रयाेग गरेर करोडौँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा नौ नेपाली र नौ चिनियाँ नागरिक छन्। यस घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन कार्यालयले जिल्ला प्रहरी परिसर, टेकुलाई निर्देशन दिएकाे छ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १७:२७:१५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित