मधेस प्रदेश : महिलामाथि धारिलो हतियार प्रहार गरी लाखौंको गरगहना लुटियो

मिति: २०२६-०६-२० , समय : १७:५८:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाको कल्याणपुर नगरपालिका–४ मझौलियामा घाँस काट्न गएकी एक महिलामाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनचाँदीका गरगहना लुटेको घटना सार्वजनिक भएको छ।
स्थानीयका अनुसार मझौलिया निवासी दिनेश यादवकी श्रीमती चन्द्रकला देवी यादव शुक्रबार निर्दना–डरौलस्थित आफ्नै खेतमा घाँस काट्न गएकी थिइन्। सोही क्रममा पछाडिबाट आएका अज्ञात व्यक्तिले उनको मुख थुनेर घाँटीमा धारिलो हतियार प्रहार गरेको बताइएको छ।
आक्रमणपछि ती व्यक्तिले उनले लगाएका सुनचाँदीका गरगहना लुटेर फरार भएको स्थानीयले बताएका छन्। घाइते यादवको उपचार भइरहेको छ। यता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०६-२० , समय : १७:५८:१३ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित