मधेस प्रदेश : धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
मिति: २०२६-०६-२५ , समय : १४:३५:२८ , गामघर डेस्क
मिति: २०२६-०६-२५ , समय : १४:३५:२८ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटमा आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवले आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए।
प्रहरीका अनुसार घटना गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा भएको थियो। हत्या पछि फरार रहेका यादवलाई निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट पक्राउ गरेको हो।
यता पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले बताए ।
प्रकाशित मिति: २०२६-०६-२५ , समय : १४:३५:२८ , 3 hours अगाडि