मधेस प्रदेश : सामूहिक जबरजस्तीकरणीको प्रयास, भारतीय नागरिकसहित पाँच जना पक्राउ

मिति: २०२६-०७-०८ , समय : ०७:४६:२४ , गामघर डेस्क

तस्बिर : नेपाल प्रहरीकाे सहयोगमा

गामघर डेस्क

रौतहट । मधेस प्रदेशको रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मिति २०८३ असार २१ गते बिहान करिब १:०० बजे होटल परिसरबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा एक जना स्थानीय नेपाली र चार जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत रहेका छन् ।त्यस्तै, पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, सोही जिल्लाको मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम र क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् ।घटनामा पाँचै जनाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी घटनासम्बन्धी आवश्यक थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०७-०८ , समय : ०७:४६:२४ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित