ठगी तथा अपराथी विश्वासघात मुद्दाका आरोपित पक्राउ
मिति: २०२६-०९-०२ , समय : १०:४५:४३ , गामघर डेस्क
मिति: २०२६-०९-०२ , समय : १०:४५:४३ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । कोशी प्रदेशको सुनसरीको कोशी गाउपालिका वडा न.५ का बिरेन्द्रकुमार लहुटियालाई बैदेसिक रोजगारी (कुवेत) पठाई दिने भन्दै ठगी तथा अपराथी विश्वासघात गरेको छ । ठगी तथा अपराथी विश्वासधात गर्ने सप्तरी तिरहुत गापा २ मैयनाकडेरी टोलका श्रृषिदेव कौडकियाले बैदेसिक रोजगारी (कुवेत) पठाई दिने भन्दै गत २०८१/२/२ गते पासपोर्ट र ईसेवा मार्फत फरक फरक मितिमा दुई लाख चौध हजार पाँच सय रुपैयाँ लिई बैदेशिक रोजगारीमा नपठाई ठगी तथा अपराथी विश्वासधात गरेको हो । पिडित लहुटियाका अनुसार सम्पर्क बिहीन रहेको, फोन पनि नउठाउने धरमा पनि नभेटने कही कतै भेटदाहुल हुज्जत साथ धाक धम्की देखाउने गरेको हुँदा बिपक्षी श्रृषिदेव कौडकियालाई झिकाई ठगी गरेको रकम दिलाई भराई पाउन भनी जिल्ला प्रशासन कार्यालय सप्तरी सुरक्षित बैदेशिक रोजगारका लागी आप्रवासी श्रोत सहायत केन्द्रमा द.न. ३९२ मिति २०८२/५/२३ मा निवेदन गरेको छ । सो कार्यालयबाट कौडकियालाइ पटक पटक उपस्थित हुनको लागी पत्राचार गर्दा पनि यस कार्यालयबाट च.न. ५६६ मिति २०८३ /४/३२ मा पत्राचार गर्दा पनि उपस्थित हुन नमाने पछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पिडित बताइएको छ । पिडित कौडकियाले पटक पटक ईसेवा मार्फत फरक फरक मितिमा १लाख १४हजार ५ सय र नगद १ लाख गरी २लाख १४हजार ५सय ठगी गरेकोले मुलुकी अपराध संहिता,२०७४ को दफा २४९,२५२ न.ं बमोजिम अपराध गरेकोले सोही ऐनको दफा २४९ को उपदफा ३(ग) बमोजिम दण्ड सजाय गरी पाउनु को साथै मसंग ठगी गरेको रकम दिलाई भराई पाउनुको साथै आबश्यक क्षतिपुर्ती दिलाई भराई दिन जाहेरी मागं गरेको छ ।
प्रकाशित मिति: २०२६-०९-०२ , समय : १०:४५:४३ , 23 minutes अगाडि