सप्तरीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

मिति: २०२६-०९-०३ , समय : १०:२७:०१ , गामघर डेस्क

गामघर डेस्क

सप्तरी ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा न. १० की एक ३५ बर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा न. ९ कमलपुरका ३२ बर्षीय दिलिप कुमार यादव रहेका छन् ।
गत२०८३ जेठ २५ गते पीडित महिलाको कोठामा पसेर जबर्जस्ती करणी गरेको यादवमाथि आरोप रहेको छ । महिलामाथि जबर्जस्ती करणी गरेर फरार यादवलाई २०८३ भदौ १५ गते कञ्चनरुप नगरपालिका ८ स्थित बेरियर चौकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनु भयो ।
उहाँले पीडित महिलाको जाहेरीको आधारमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०९-०३ , समय : १०:२७:०१ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित