मधुवनका अग्निपिडित परिवारलाई क्लवद्वारा राहत वितरण

मिति: २०२३-०३-३० , समय : १७:४९:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । अालागिबाट आहतलाई सहयोगी हातहरुको एउटा सानो सहयोग स्वरुप राहत वितरण गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागिको कारण दु:खमा रहेको सप्तरीको बाेदेबरसाईन नगरपालिका वडा न.३ मधुवनको अग्निपीडित कपलेश्वर यादवको परिवारलाई सहयोग स्वरुप त्रिपाल, तन्ना, लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई.सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत चैत्र १५ गते आगलागि हुदा अनुमानित ४ लाख
भन्दा बढ़ीको धन सम्पत्तिको क्षति भएको थियोे । उक्त राहत वितरणमा इलाका प्रहरी कार्यालय बोदेबरसाईनका प्रहरी सहायक निरीक्षक योगेन्द्र साह, समाजसेवी एवम् पत्रकार उमेश कुमार साह,नेकपा(एमाले)का नेता अनोज यादव लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १७:४९:२३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित