मधेस प्रदेश : मालपोत कार्यालयबाट बिचौलिया पक्राउ
मिति: २०२३-०४-०४ , समय : २०:२८:२५ , गामघर डेस्क
मिति: २०२३-०४-०४ , समय : २०:२८:२५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशकाे मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया करिब ७ हजार रकमसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका ४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब २ बजेको समयमा साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ लिएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले साहलाई नगद सहित मालपोत कार्यालय धनुषाबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : २०:२८:२५ , 2 years अगाडि