नेपालमा पछिल्लो २४ घण्टामा ८५ जनामा काेराेना पुष्टि

मिति: २०२३-०४-०६ , समय : १८:३८:०८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । पछिल्लाे २४ घण्टामा देशभर ८५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाकाे नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा २७ जना सङ्क्रमित निकाे भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३ सय ५८ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १८:३८:०८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्