मधेस प्रदेश : अबैध गाँजा सहित एक जना प्रहरी नियन्त्रणमा

मिति: २०२३-०४-०८ , समय : ०७:०२:५७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशबाट प्रतिबन्धित अबैध गाँजा १२० के.जी सहित १ जना मानिस पक्राउ परेका छन ।

विशेष सुचनाको अधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाकाे लक्ष्मीनिया गाउपालिका वडा नं. ०७ ढल्केवर जनकपुर सडक खण्डको लक्ष्मीनिया बजार स्थित ढल्केवरबाट जनकपुर तर्फ आईरहेको ना. ७ ख. ४२५१ नं. को ट्रक माथी शंका लागि चेक जाँच गर्दा उक्त ट्रक भित्र फल्स वटम बनाई पलाष्टिकले वेरिए लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा जम्मा १२४ के.जी. लागु औषध गाँजा फेला परेको हो ।

यता बरामद गाँजा र ट्र्कका चालक जिल्ला मकवानपुर मनहरी गाउपालिका वडा नं. ०९ वस्ने वर्ष ५१ को सन्त विर दोङलाई ट्रक सहित नियनत्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : ०७:०२:५७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित