मधेश प्रदेश सभा बैठक आज बस्दै
मिति: २०२३-०४-१० , समय : १२:३३:२४ , गामघर डेस्क
मिति: २०२३-०४-१० , समय : १२:३३:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्न लागेको छ ।
करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ।
समितिको म्याद सकिएकाले बैठकबाट म्याद थपिने कार्यसूची छ ।
यस्तै सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेशसभामा पेश हुने कार्यसूची छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १२:३३:२४ , 2 years अगाडि