फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण, आगो लाग्नुको कारण खुल्न बाँकी
मिति: २०२३-०४-२५ , समय : ०७:४८:२६ , गामघर डेस्क
मिति: २०२३-०४-२५ , समय : ०७:४८:२६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डाै विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै इञ्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार गएराति १२ बजेर ११ मिनेटमा अवतरण भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इञ्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका बताउनुभयो । फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि विमानमा चरा ठोक्किएको अनुमान गरेको छ । ‘हिजो के भएको हो भन्ने बारे यकिन केही जानकारी आएको छैन, यस विषयमा आज फ्लाई दुबई छलफल हुन्छ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भन्नुभयो । उज्यालोबाट
प्रकाशित मिति: २०२३-०४-२५ , समय : ०७:४८:२६ , 2 years अगाडि