रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनमा ५ जनाको मृत्युु

मिति: २०२३-०४-२८ , समय : १३:०२:१७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

रुस । रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

डिनिप्रो सहरमा एक महिला र तीन वर्षका एक बालकको ज्यान गएको छ। त्यस्तै, उमानमा आवासीय भवनमा भएको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । उमानमा नौ तले अपार्टमेन्टमा क्षति पुगेको छ ।

क्रेमेन्चुक र पोल्टाभा सहरमा पनि विस्फोटका घटना भएका बीबीसीले जनाएको छ।

कीएभका सैन्य प्रशासन प्रमुखले राजधानीमा पछिल्लो ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको जानकारी दिएका छन् । त्यहाँ भएको हताहतीबारे थप जानकारी आउन सकेको छैन । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ।

प्रकाशित मिति: २०२३-०४-२८ , समय : १३:०२:१७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित