कस्मिरमा पाँच भारतीय सैनिककाे मृत्यु
मिति: २०२३-०५-०५ , समय : २०:३६:३८ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : २०:३६:३८ , गामघर डेस्क
गामघर डेस्क
कस्मिर ।
भारत प्रशासित कस्मिरमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विस्फाेटक पदार्थका कारण मृत्यु भएको यहाँको सेनाले बताएको छ।
भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमानजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतंककारीहरूको एक समूहलाई भेटेको छ।’
संदिग्ध विद्रोहीले विस्फाेटक पदार्थ विस्फाेट गराउँदा दुईजनाको घटनास्थलमै र अन्य तीनजनाको सोही दिन पछि मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। सन् २०१९ मा नयाँ दिल्लीले कस्मिरको आंशिक स्वायत्तता खारेज गरेपछि कस्मिरमा केन्द्रविरोधी आक्रोश बढेको छ।
सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन्। यस क्रममा अहिलेसम्म दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन्। एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-०५ , समय : २०:३६:३८ , 2 years अगाडि