काेशि प्रदेश : विराटनगरको सेन्ट्रल मलबाट खसेर युवकको मृत्यु
मिति: २०२३-०५-१६ , समय : १९:१६:५९ , गामघर डेस्क
मिति: २०२३-०५-१६ , समय : १९:१६:५९ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । काेशि प्रदेश स्थित विराटनगरको मुख्य बजारमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृत्यु भएको छ । मलको तेस्रो तल्लाबाट खसेका विराटनगर महानगरपालिका –५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार वैशाख ३१ गते साँझ काफ्लेले सेन्ट्रल मलको तीन तल्ला माथिबाट झरेका थिए । माथिबाट झरेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
तीन तला माथिबाट आफै झरेको सिसीटिभी फुटेजमा देखिएको उनले बताए ।
आत्महत्या गर्ने मनसायले झरेको जस्तो देखिएको बताउँदै उनले घटनाको अनुसन्धान भइरहेको बताए। प्रहरीले मंगलबार कोशी अस्पतालमा पोष्टमार्टम गरी उनको शव परिवारलाई जिम्मा लगाएको छ ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : १९:१६:५९ , 2 years अगाडि