ईयूका शीर्ष नेताहरु दक्षिण कोरियामा : व्यापार सम्झौता, हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने
मिति: २०२३-०५-२३ , समय : ०९:००:१९ , गामघर डेस्क
मिति: २०२३-०५-२३ , समय : ०९:००:१९ , गामघर डेस्क
गामघर डेस्क
काेरिया ।
युरोपेली सङ्घ (ईयू) का शीर्ष नेताहरू दक्षिण कोरियामा भेला भएका छन् । उनीहरु दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँगको शिखर वार्ताका लागि जुटेका हुन् ।
ईयूका शीर्ष नेता र दक्षिण कोरियाका राष्ट्रपतिबीच व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने समाचार संस्था एएफपीले जनाएको छ ।
जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि आवश्यक स्रोत र साधनको वैकल्पिक बजार विस्तार गर्न दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध विस्तारको प्रयास थालेका हुन् ।
युरोपेली परिषद्ले निकालेको विज्ञप्तिमा युरोपेली सङ्घ र दक्षिण कोरियाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न आफ्नो बलियो संयुक्त समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ ।
विश्वको नवौँ ठूलो हतियार निर्यातकर्ता दक्षिण कोरियाले युक्रेनलाई मानवीय सहायता पठाएको छ भने पोल्याण्डलाई ट्याङ्क र छोटो दूरीमा प्रहार गर्ने शक्तिशाली तोपगोला बेचेको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-२३ , समय : ०९:००:१९ , 2 years अगाडि