मधेश प्रदेश : चट्याङ लागेर एकजना महिलाको मुत्यु
मिति: २०२३-०५-२३ , समय : १३:२८:३० , गामघर डेस्क
मिति: २०२३-०५-२३ , समय : १३:२८:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशको रौतहटमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।
अाज मंगलबार बिहान वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो।
आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले जानकारी दिए ।
यता मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी छ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १३:२८:३० , 2 years अगाडि