सप्तरीको राजविराजमा मिटरब्याजी पिडितहरुको खुशीयाली जुलुस

मिति: २०२३-०७-१७ , समय : १८:२२:५१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक २०८० पारित भएको खुशीयालीमा मिटरब्याजपिडितले सोमबार बिजय जुलुस प्रदर्शन गरेका छन् ।
सप्तरीका विभिन्न ठाउँबाटबाट राजविराज आएर पीडितहरूले विधेयकको समर्थनमा विभिन्न नारा लगाउँदै विजय र्याली निकालेका हुन ।
स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न स्थान परिक्रमा गरेका थिए । मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष तैयव अलिको नेतृत्वमा निकालिएको विजय र्यालीमा गाउँ–बस्तीबाट सदरमुकाम आएका पीडितहरु सहभागी भएका थिए ।
नेपाल सरकार जिन्दाबाद ,मिटरब्याजी पिडित संघर्ष समिति जिन्दावाद लगायतका नारा लगाउदै अविर लगाएर झाकीसहित पीडितहरुले र्याली निकालेका छ्न ।
संघर्ष समिती सप्तरीका अध्यक्ष अलिले सरकारले मिटर व्याज पीडितको समस्या सम्बोधनका लागी विधेयक ल्याएको खुशीयालीमा विजय र्याली निकालिएको बताउनुभयो । उहाँले विधेयक पारित भएकाले आफुहरुले न्याय पाउनेमा अब विश्वष्त भएको बताउनुभयो ।
संघर्ष समितीका केन्द्रिय प्रतिनिधि छेदी पासवानले वर्तमान सरकारले पीडितको पक्षमा एकपछि अर्को कदम रहेको बताउदै गरिव विपन्नहरुलाई वर्तमान सरकार रहेको महुसुस भईरहेको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : १८:२२:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित