सुनसरीको पकलीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्युु

मिति: २०२३-०७-२२ , समय : १३:००:५२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

गएराति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा रहेका चार जनामध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाउनेमा इटहरी १६ बस्ने करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते प्रेमलाल चौधरीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

यता कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको जीपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

प्रकाशित मिति: २०२३-०७-२२ , समय : १३:००:५२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित