मधेस प्रदेश : मिटरब्याजीका नेता साह पक्राउ,साहमाथि मिटरब्याज सम्बन्धि दर्जनौं उजुरी

मिति: २०२३-०७-२७ , समय : ११:५६:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा एकजना मिटरब्याजीका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका साहु रघुवीर साहका छोरा ईन्द्रजीत साह छन् ।
उनी साहुहरुको संगठन लेनदेन संघर्ष समिति महोत्तरीका सहसचिव हुन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र दिएकै रकम अनुसारको तमसुक रहेकाले सोही बमोजिम ऋणीबाट अशुल गर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

डिएसपी गिरीका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुने उनले बताए । जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा मिटरब्याज सम्बन्धि उजुरी परेको छ ।

प्रकाशित मिति: २०२३-०७-२७ , समय : ११:५६:२० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित