मधेस प्रदेश : जनकपुरधामको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द
मिति: २०२३-०८-०४ , समय : १६:०७:४९ , गामघर डेस्क
मिति: २०२३-०८-०४ , समय : १६:०७:४९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।
एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०८-०४ , समय : १६:०७:४९ , 2 years अगाडि