लगातारको बर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरा डुबानमा…
मिति: २०२३-०८-०८ , समय : २१:५५:५२ , गामघर डेस्क
मिति: २०२३-०८-०८ , समय : २१:५५:५२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सोमबारदेखि भएको अविरल बर्षाको कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ सकरपुरा डुबानमा परेको छ ।
वर्षाको पानीको निकास नहुदाँ सकरपुराको राजपुत टोल र राम टोल झा टोल अमात टोल मुखिया टोल को ५० भन्दा बढी घरहरु डुबानमा परेको हाे । बर्षाको पानीसँगै वस्तीदेखि पश्चिम र उत्तरतर्फका खेतहरुबाट आउने पानीले बस्ती डुबानमा परेको हुँदा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा सदस्य अमोद कुमार झा, निवर्तमान वडा सदस्य दिपक देव, जसपा नेपालका तिलाठी कोइलाडी गाउपालिकाका युवा नेता शिबनाथ यादव ,लालु मुखिया ,कुन्दन सिंह तथा स्थानीय वासि सहितको टोलीले त्यहाँको स्थलगत अवलोकन गरेका छन् ।
सकरपुरा बस्ती होचो भागमा रहेकोले बर्षाको पानी र खेतबाट आउने पानीको कारण बर्सेनी डुबानमा पर्दै आएको छ । पानीको उचित निकास नरहेकोले बर्षा हुँदा वस्ती नै डुबानमा पर्दै आएको छ ।
प्रकाशित मिति: २०२३-०८-०८ , समय : २१:५५:५२ , 2 years अगाडि